प्रशासनद्वारा रेडियो धादिङलाई फेरि गल्ती नगर्न पत्राचार (पत्र समेत)

Avatar photo
Dhadingpost
बुधबार, अशोज १२, २०७३

धादिङबेसी असोज १२ । जिल्ला वन कार्यालयले वन अतिक्रमण गरेको भन्दे रेडियो धादिङ र एनजीओ मार्फत संचलित सेफहाउस भत्ताए पनि ति संस्था पुन त्यहि भवनबाट संचालनमा आए पछि जिल्ला प्रशासनले पत्र काटेको छ ।

सदरमुकामको अमरावती सामुदायिक वनमा गैरकानुनी रुपले निर्माण गरिएका संरचना वन क्षेत्र खाली गराइएको अवस्थामा यथास्थानबाटै रेडियो धादिङ पुनस् प्रशारण भएकाले उक्त स्थानबाट रेडियो कार्यक्रम प्रशारण नगर्न नगराउन स्थानीय प्रशासनले पत्र काटेर लिखित निर्देशन दिएको हो ।

रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले असोज ९ गते आवश्यक सुरक्षाका व्यवस्थाका लागि लेखेको पत्रको उत्तर सोमबार दिँदै स्थानीय प्रशाासनलले रेडियो धादिङलाई पत्र पठाउँदै ‘सरकारको सावर्जजनिक सम्पत्तिको अतिक्रमण रोक्ने जिम्मेवारीलाई सहयोग गरी पहिलेको गल्ती नदोहोर्‍याउन चेतावनी दिंदै पुनस् बल प्रयोग गरी खाली गराउनु परे त्यसपछिको क्षतिको जिम्मेवारी स्वयं रेडियोले नै लिनु पर्ने बताएको छ ।

विश्व रेडियो संगठन, नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक संघ लगायत संचारसँग सम्बन्धित संघ संस्थाहरुले भत्काइएको भवनको अनुगमन गरी त्यसै भवनबाट प्रशारण शुरु गर्न सुझाव दिएपछि रेडियो धादिङ उक्त भत्काईएको भवनबाटै प्रशारणमा आएको थियो ।