धादिङ असोज ११ । धादिङबेशीबाट किन्ताङफेदी जाँदै गरेको बस मार्पाक गाविसको लपाङमा दुर्घटना मृत्यू हुनेको संख्या १९ पुगेको छ ।
संयुक्त यातायातको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकैबाट करिब ३ सय मिटर खसेर भएको दुघटना भएको बस टुक्र टुक्रा भएको थियो । घटनास्थलमा १८ जना र उपचारको क्रममा १ जना गरी १९ जनाको मृत्यू भै सकेको छ । १७ जनाको सनाखत भैसकेको छ भने २ जनाको सनाखत हुन सकेको छैन ।
को को परे मृत्यू हुनेमा
– बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा,
-मार्पाक–५ का कमल पौडेल,
– मार्पाक–५ का पवनबहादुर स्माइली मगर,
– मार्पाक–५ दिलकुमारी अधिकारी,
– दार्खा–९ का पर्यटन व्यवसायी रामचन्द्र सापकोटा,
-सत्यदेवी–३ का लिलाबहादुर गुरुङ,
-सत्यदेवी–३ चिरमाया तामाङ,
– सत्यदेवी–३ रावन तामाङ,
-रि गाउँ–८ कि मुना तामाङ,
-सत्यदेवि–२ रंगसिंह तामाङ,
-सत्यदेवि–२ मिदिजंग तामाङ,
-सत्यदेवि–२ रौता तामाङ,
-रि गाउँ–२ का टेकबहादुर तामाङ,
-रि गाउँ–२ गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले
र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ ।
भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका अधिकांश भुकम्पपीडित यात्रुहरु बोकेको उक्त ना४ख ३३१८ नम्बरको बस ३ मिटर तल खसेको थियो ।
सत्यदेवीका उद्धारका लागि दार्खास्थित प्रहरी चौकी र जिल्ला प्रहरीबाट मिनीट्रकमा ३० जना प्रहरी पठाइएको प्रहरीले जनाएको छ । टिकटको काउन्टले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिने काउन्टर सञ्चालकले बताएका छन् । दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ ।