धादिङको लपाङमा बस दुर्घटना मृत्यू हुनेको संख्या १७ पुग्यो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ११, २०७३

धादिङ असोज ११ । धादिङबेशीबाट किन्ताङफेदी जाँदै गरेको बस मार्पाक गाविसको लपाङमा दुर्घटना मृत्यू हुनेको संख्या १७ पुग्यो   ।

संयुक्त यातायातको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकैबाट करिब ३ सय मिटर खसेको थियो । घटनास्थलमा १७ जनाको शव फेला परिसकेको स्थानीयले राजेन्द्र पन्तले जानकारी दिनु थियो । सव क्षेतविक्षत अवस्था भएकोले ११ जान पुरुष र ४ जना महिलाको पहिचान भएको  थप २ जना गरी १७  प्रहरी मृत्यू भएको प्रहरीले जनाएको छ ।   घटना स्थलमा प्रहरी र स्थानिय बासीले उद्दार गरि रहेका छन् ।

बस भिरबाट तलै पुगेकाले ठूलै संख्यामा हताहती भएको हुनसक्ने आशंका गरिएको छ । ३१ जना यात्रुको चलानि  लिएर गएको उक्त वसमा बीच बाटोबाट पनि यात्रु थपिएको तर कति यात्रु थपिएको थिए एकिन हुन सकेको छैन । बस टुक्रा टुक्रा भएको छ । बसमा अधिकाँश सरकारले दिएको आवास निर्माण अनुदान रकम बुझेर घर जाँदै थिए ।

घाईते ११ जनालाई हेलि कप्टरबाट उपचारका लागि काठमाडौ लगिएको पनि प्रहरीले बतायो । घटना स्थलमा अझै हताहती हुन सक्नेभएकोले घटना स्थलमा खोजीकार्य प्रहरीले जारी राखेको छ ।

तस्वीर: पुष्पराज दुवाडीले केहि दिन पहिलो खिच्नु भएको हो यहि पहिरो पहिरोबाट आज बस खसी दुर्घटना हुन पुग्यो ।