धादिङ असोज ११
कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेका थिए ।
धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि भनेर ति ३ जनालाई पठाएको थियो । तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो । दलाल तामाङले अनिललाई झुकाएर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनाई ति ३ जना लुकीछोपी पोर्तुगल पठाएको थियो। साथै आयोजकलाई समेत झुटो जानकारी गराएर लाखौं रुपैया असुल गरेको थियो । अहिले उनलाई झुक्याएर ठग्ने राम कुमार तामाङ ४५ लाख रुपैया बराबर खाएर फरार छ ।
तामाङका ९८१३६८८६१३ लगायत २,३ वटा फरक फरक मोबाईल नम्बर उठ्दैनन । ट्राभल एजेन्सी ९भिजा पईन्ट जस्ता अबैध एजेन्सी०को काम भने पनि तामाङले अबैध रुपमा वैदशिक रोजगारमा मान्छे पठाउने गरेको छ । अहिले पनि थुप्रो मानिसहरुलाई विदेश पठाउने भन्दै लाखौं रुपैया उठाउने गरेको पीडितहरुले बताउन्छन् । साथै धादिङका व्यापारीको भनाई अनुसार तामाङ काठमाडौंमा लुट्पाट एवम बिभिन्न बहानामा ठगी गर्ने जस्ता अपराधिक गतिबिधीमा संलग्न रहदै आएको छ । लुट्पाट, ठगी नै उसको धन्दा हो । प्रहरीले अहिले सम्म प्रक्राउ गर्न सकेको छैन् ।
लक्समबर्ग सरकारको आमन्त्रण र संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि झुक्काएर युरोप छिरेका भेडाबारी – ७, सलाङ धादिङ स्थायी घर भएको पासपोर्ट नम्बर ०९४८७९०७ , नागरिता नम्बर २६३०३२-२९३ भएको जगत थापा, खरिढुङा ८, लाकुरीडाँडा दोलखा स्थायी घर भई पासपोर्ट नम्बर ०७६४८५५७, नागरिता नम्बर ४६६१०-१५१३ भएको जगत श्रेष्ठ, करिकोट कारीकोट छभा, स्याङ्जा स्थायी घर भई पासपोर्ट नम्बर ०९१४१४०१, नागरिता नम्बर ४२२०२३-१३५ भएको अनिल कोइराला रहेका छन् ।