कार्त्तिक १० मा माओवादी केन्द्रले राष्ट्रिय भेला बोलायो

Avatar photo
Dhadingpost
अशोज ११, २०७३

धादिङ असोज ११-

moist-meetin

नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेला बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको माओवादी केन्द्रको सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको भुसालले बताइन्। ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो। पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको छ,’ भुसालले भनिन्।

‘राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने भुसाललेजानकारी दिइन्। उनले भेलामा स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको जित तुल्याउने कार्यविधि, संगठन र जिम्मेबारीबारे पनि छलफल हुने बताइन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्ने उनले बताइन्। महाधिवेशन आयोजक समिति जम्बो भएको भन्दै चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रले आयोजक समिति घटाउने तयारी गरेको छ।