धादिङ असोज १०
पोखरामा जारी फेवाताल सफाई अभियानमा राष्ट्रपति बिद्या देवी भण्डारी पनि सहभागि हुने भएकी छिन् । पोखरा उपमहानगरपालिका र नागरिक समाजको सहकार्यमा जारी फेवातालको जलकुम्भी झार सफाई अभियानमा राष्ट्रपति आफैले सहभागिताको लागिे ईच्छा ब्यक्त गरेको मुख्य अभियन्ता राम बहादुर पौडेलले जानकारी दिए ।
आगामी असोज १३ विहान १० बजे बाराहीघाटमा राष्ट्रपतिको उपस्थितिमा सफाई अभियान सञ्चालन हुने उनले बताए । जलकुम्भी झार सफाई अभियानले पाँचौ हप्ता पार गरिसकेको छ । प्रत्येक हप्ताको शुक्रवार विहान दुई घण्टा सञ्चालन गरिदै आएको जलकुम्भी झार सफाई अभियानले तिब्रता पाएका बेला राष्ट्रपति स्वयं उपस्थित हुने भएपछि फेवा सफाईमा जुटेकाहरु हर्षित भएका छन् ।
पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागि हुन बुधवार पोखरा आउन लागेकी राष्ट्रपति भण्डारी विहिवार सम्म पोखरामै रहने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले बुधवार बाटुलेचौरको मातृशिशु अस्पताल उद्घाटन तथा रोटरी क्लबको नेशनल कन्फेरेन्स उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै विहिवार फेवा सफाई र विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिद्धारा सञ्चालित समाजसेवा पुरस्कार हस्तान्तरण कार्यक्रममा सहभागि हुने कार्यतालिका छ । राष्ट्रपति विभिन्न कार्यक्रममा सहभागि हुन आएका बेला पोखराको गहनाको रुपमा रहेका फेवा सफाई अभियानले पनि सहभागि हुन लागेपछि पूर्व तयारी स्वरुप सोमवार बैंठक समेत बसेको थियो । बैंठकले राष्ट्रपतिको उपस्थितिलाई निकै भब्य बनाउने र सफाई कार्यक्रममा सहभागि गराउने निर्णय गरेको छ ।
फेवातालकै सफाईको लागि पोखराका नगर क्षेत्र भएर बग्ने फिर्के बुलौदी खोला सफाई अभियानले १७ औं हप्ता पार गरिसकेको छ ।