पूर्व गृहमन्त्री चढेको गाडी त्रिशुलीमा खस्यो

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७३

धादिङ असोज ९
madhav

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खसेको छ । नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविसको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गाडीको खोजी भइरहेको छ । गाडीमा घिमिरेसहित सात जना सवार थिए । चार जनाकाे उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटना साँझ ५ बजेतिरको भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ ।घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् ।
कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।कुरीनटारस्थित सशस्त्र प्रहरी बलको आपत्तिकालिन उद्धार टोली घटनास्थलमा परिचालित छ ।घिमिरे खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा गृहमन्त्री समेत हुनुहुन्थ्यो ।