ज्यामरुङलाई नीलकण्ठ मै राख्न ज्यामरुङ बासी आन्दोलनमा

Avatar photo
Dhadingpost
आइतवार, अशोज ९, २०७३

धादिङ असोज ९ । धादिङका राजनीतिक दलहरुले जिल्ला विकास समिति मार्फत सिफरिस गरेको स्थानिय निकाय गाउँ पालिका नामाकरण र सिंमाङ्कनको विरोध गरिन थालेको छ ।

धादिङमा स्थानीय तह गाउँपालिकाको प्रस्ताव गर्दा जिल्ला स्थित राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको भन्दै विरोध हुन थालेको हो ।
ज्यामरूङ गा। वि। स। लाई निलकण्ठ नगरपालिका मा गाभ्नु पर्ने माग गर्दै ज्यामरुङका अगुवाहरुले काठमाडौमा भेला गरेका छन् ।
भलाले ज्यामरुङ गाविसका जनताको हस्ताक्षर संकलन गरि ज्यामरुङलाई निलकण्ठ नगरपालिका मै राख्न दवाव दिने निर्णय गरेको छ ।
ज्यामरुङलाई चैनपुर , खरी र ढोलामा मिसाउँदा अहिलेको भन्दा पनि कठिन भएको भन्दै संघर्ष गर्न बृहत भेला समेत आयोजना गर्ने निर्णय गरे ।
शनिवार काठमाडौको भृकुटी मण्डपमा भेला भएका अगुवाहरुले असोज ११ गते बृहत भला गर्ने गरी भेला आयोजक समिति समेत गठन गरेको छ ।

को को छन् बृहत भेला आयोजक समितिमा

गणेश धमला भारमाले
चामनारायण श्रेष्ठ
सरोज धमला
शिव अधिकारी
राजन शाह
ऋषि धमला
हरिश्चन्द्र धरेल
नन्द वहादुर गुरूङ
रामकुमार लामिछाने
ज्ञान नारायण श्रेष्ठ
सुवास पाठक
बलराम धमला
रामेश्वर श्रेष्ठ
खिला बहादुर आले मगर
विजय धमला
विवेक धमला
दिपक धमला
नवराज लम्साल रहेको भेला आयोजक समिति गठन गरियो ।

भृकुटी मण्डप अगुवा भेलाले ११ गते सम्म गाविसमा हस्ताक्षर अभियान सन्चालन गर्न श्री ईश्वरीबहादुर लम्साललाई जिम्मा दिएको थियो ।

दलहरुले प्रस्ताप गरेको गाउँ पलिका र सिमाङ्कन सम्बन्धी यस अघिको समाचार पनि पढौं