भामुख ओनसरी घर्ती स्वदेश फिर्ता

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

gharti

सम्माननीय सभामुख ओनसरी घर्ती ६ दिन लामो चीन भ्रमण पुरा गरी आज स्वदेश फर्कनुभएको छ ।

पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई सहित ८ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन सरकारको निमन्त्रणामा सभामुख असोज २ गते राती ११ बजे चीन प्रस्थान गर्नुभएको थियो । चीन भ्रमणका क्रममा सम्माननीय सभामुखज्यूले गान्सु प्रान्तमा आयोजित सिल्करोड ईन्टरनेशनल कल्चरल एक्स्पोमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । एक्स्पोमा विश्वका ८५ देशका १५ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्माननीय सभामुखज्यूले चीन सरकारका उपप्रधानमन्त्री लिउ यान्दोंग , संस्कृती र शिक्षा लगायतको टोलीसंग गान्सु प्रान्तमा भेटवार्ता गर्नुभयो । भेटका क्रममा उहाँहरुबिच दइ देश बीचको कुटनीतिक सम्बन्ध, आपसी सहयोग विस्तार र चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । उपप्रधानमन्त्री लिउ यान्दोंग ले चीनका राष्ट्रपति नेपालको भ्रमण गर्न ईच्छुक रहेको जानकारी दिदै नेपालको कुटनीतिक निकायमार्फत भ्रमणको तयारी गर्न आग्रह गर्नुभएको थियो ।

चीन सरकारले नयाँ निर्वाचित सरकारसंग विगतमा जस्तौ सहकार्य र सहयोग गर्न तयार रहेको जानकारी गराउदै उपप्रधानमन्त्री लिउ यान्दोंग ले चीनले नेपाललाई गर्दै आएको सहयोग विस्तार गर्ने जानकारी गराउनुभयो । सभामुख ओनसरी घर्तीले गान्सु र युनान प्रान्तका गर्भनरसंग पनि भेटवार्ता गर्नुभएको थियो ।