लोडसेडिङ दशैंमा दैनिक २ देखि ३ घण्टा मात्रै

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८

loadshedding

नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । उनले उत्पादन बढेकाले भारतबाट आयत भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।

दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘दशैंमा मुख्यतयाः घरायसी उपभोक्ताको लागि मात्रै बिजुली खपत गर्दा हुन्छ । व्यवसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ’ श्रेष्ठले भने ।

माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने अवस्था छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट बिजुली निकालेको हो ।

सो आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दैछन् ।