धादिङबेसी असोज ८ -सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावका पूर्व अध्यक्ष मिन वहादुर शाहीले रेडियो धादिङ हाल भत्काएकै भवनबाट चल्ले बताउनु भएको छ । आज धादिङबेशीमा पत्रकारहरुसँग कुरा गर्र्दै शाहीले अमार्क र अकोराव सामुदायी रेडियोहरुको लागि सहयोग गर्ने संस्था भएकोले यति बेला रेडियो धादिङ पिडामा छ त्यो रेडियो त्यहि भवनबाट संचालन हुन्छ ।अमार्क र अकोराव सामुदायी रडियोहरुको लागि सहयोग गर्ने संस्था भएकोले यति बेला रेडियो धादिङ पिडामा छ त्यो रेडियो त्यहि भवनबाट संचालन हुने बताएका थिए ।
त्यही भवनमा अरु तला थपेर सदरमुकामबाट संचालनमा आएका रेडियो बिहानी र रेडियोे लोकतन्त्र पनि त्यहि भवनबाट प्रसारण गर्न सुझाव दिएका थिए ।
घटना दर्दनाक भएको भन्दै शाहीले कानुनी प्रक्रियामा जाने र दोषी उपर कारवाही गरिने समेत बताउनु भएको थियो ।