धादिङबेसी असोज ८ । रेडियो धादिङको भवन सामुदायिक वन अतिक्रमण गरि बनाएको भन्दै जिल्ला वन कार्यालयले भत्काएपछि बुझ्न आएको अकोराव टिमसँग धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले यो टेलरिङ मात्र हो, फिल्म त देखाउ नै बाँकी रहेको बताएका छन् ।
सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावका पूर्व अध्यक्ष मिन बहादुर शाहीको नेतृत्वमा आएको टोलीले रेडियो धादिङ भत्काउनुको कारण खोजे पछि प्रमुख जिल्ला अधिकारी सुवेदीले आफुले जे गरे कानुन सम्बत गरेको र यो टेलर मात्र भएको बताएका हुन् ।
आन्दोलनको क्रममा रहेको अकोराबको टोली कडा रुपमा उपस्थिति भए पछि सिडियो नरम होलान भन्ने सोचेका जिल्ला प्रशासन कार्यालयमा उपस्थित संचारकर्मीहरुले सिडियोले कडा प्रतिक्रिया दिए पछि आन्दोलन कर्मी र सरकार बीचको द्वन्द अझ केहि समय लम्बिने आकलन गरिएको छ ।
अकोराव टिमले रेडियो धादिङको क्षति मुल्याङ्कन गरि तुरुन्त क्षतिपूर्ति दिन प्रमुख जिल्ला अधिकारी सुवेदीसँग आग्रह गरेका थिए ।