दसैँको टीकाको साइत बिहान ८ बजेर ४५ मिनेटमा

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८ –
dashain-ko-tika
नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ ।बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो ।

आउँदो १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो । अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि पश्चिम नेपालको धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ ।