नलाङका बुद्धिमानले रेडियो धादिङलाई १ लाख दिने

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७३

धादिङ असोज ८ । अमरावती सामुदायीक बनमा भवन वनाएपछि जिल्ला वन कार्यालयले रेडियो धादिङको भवन भत्तकाएको प्रति अपात्ती जनाउँदै धादिङ नलाङका बुद्धिमान वाइबाले रेडियो धादिङलाई १ लाख सहयोग गर्ने बताएका छन् ।

हाल रोजगारीको सिलसिलामा अमेरीका रहेका वाइबाले आफ्नो फेसबुक वालमा लेख्दै रेडियो धादिङको भवन पुनरस्थापनाको लागी १ लाख सहयोग गर्ने बताएका हुन् ।

अहिले रेडियो धादिङको भवन भत्तकाईनु जाएज थियो या थिएन कानुनी पाटो एउटा होला तर सर्वत रेडियो धादिङको भवनको कारण प्रसारण रोकिनु हुन्न भन्ने आवज बुदन्द भैरहेका बेला तामाङले गर्नुहुने सहयोग रेडियो संचालनहरुले कसरी लेलान आफ्नो ठाउँमा रहला । तर रेडियो प्रतिको चिन्तालाई सामाजिक संजानमा पढ्नेहरुले गहन रुपले लिएको पाईन्छ ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन्
धादिङ जिल्लाको पहिलो सामुदायिक रेडियो,जसले गरीब दीनदुस्खीहरुको आवाजलाई आफ्नो आवाज बनायो, जसको समाचारको प्रभावले आर्थिक अभावका कारण उपचार हुन नपाएकी २७ सन्तानकी आमाको उपचार सम्भव गरायो,जहाँ पहिलो पटक पश्चिमी तामाङ भाषामा समाचार र कार्यक्रम प्रसारण भयो अनी पहिलो पटक लोपोन्मुख चेपाङ भाषामा कार्यक्रम र समाचार प्रसारण गरियो, हो उही समुदायको लागि समुदायको आवाजलाई आफ्नो नारा बनाएर लाखौंं श्रोतामाझ परिचित रेडियो धादिङ १०६ मेगाहर्जको भवन माओवादी सरकारले आतङ्ककारी शैलीमा मध्यरातमा भत्काएको समाचार पढेर असाध्यै दुस्ख लागेको पोष्टमा लेखेका छन् । डिएफओ साुबले भने जस्तै सामुदायिक वनभित्र रेडियो स्टेसन रहेको भएर नभै राजनैतीक प्रतिशोधका कारण भत्काइएको भन्ने छर्लङ्ग देखियो । तर ख्याल राख, रेडियो धादिङले एमालेको बोली कहिल्यै प्रसारण गरेन, सिवाय समुदायको आवाज, हिंसापीडित महिलाहरुको आवाज, सेर्तुङ, तिप्लिङ जस्तो विकट बस्तिको समुदायको आवाज, आगरा खोलामा गिट्टी कुटेर सन्तानको सुखद भविष्य कोर्ने गरीब तामाङ दाईको आवाज । त्यसैले यही आवाज बोकेर रेडियो धादिङ फेरी बज्नु पर्छ, समुदायको आवाजलाई फेरी बुलन्द पार्नुपर्छ। म यही सामाजिक सन्जालबाट रेडियो धादिङ पुनर्स्थापनाका लागि नगद एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आबश्यक समयमा रेडियो संचालक समितिले सम्पर्क गर्नुहुनेछ भन्ने आश लिएको छु।