लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन -एमाले

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ७, २०७३

धादिङबेसी असोज ७ । नेकपा एमाले धादिङले आज बिहान भत्तकाइएको रेडियो धादिङ र सेफहाउसको वनको विषयमा लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको बताएको छ ।

आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले रातको समयमा छापामार शैलिमा आक्रमण गरि रेडियो र सेफहाउको भवन भत्काएको प्रति यस्तो कुरा गर्नु भएको हो ।

यस्तै प्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले पत्रकार महासंघको तर्फबाट वक्ततव्य जारी गर्दै मिडिया माथि भएको आक्रमण को भत्सर्ना गर्नुभएको छ । छतकुलीले घटनाको बारेमा समाचार संकलन गर्नको लागि घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नबराज छत्कुली, पत्रकारहरु सीताराम अधिकारी, अर्जुनकुमार श्रेष्ठ, सरिता श्रेष्ठ, दोलख गुरुङ र घटनाको बारेमा जानकारी लिन पुगेका गैगस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याललाइ शसस्त्र प्रहरीले गेटमा नै हातपात गर्नुका साथै दुब्र्यहार गरेको समेत वत्तव्यमा उल्लेख गरेको छ ।

यस्तै प्रेस यूनियल धादिङले पनि एक वक्तव्य निकाल्दै पत्रकारले स्वतन्त्रता पूर्वक समचार संप्रेसण गर्ने अधिकार कुण्ठित गरेको भन्दै आक्रोष व्यक्त गरेको छ । यूनियनले भवन भत्ता काउँदा उपकरणमाथि भएको तोडफोडको पनि भत्सर्ना गरेको छ ।
सबैको प्रेस विज्ञप्तीहरु