तिहार पछि मुर्खजीले नेपालको भ्रमण -राजदुत राय

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७३

पोखरा असोज ६

?????

नेपालका लागि भारतीय राजदुत रन्जित रायले तिहार पछि भारतका राष्ट्रपति प्रणम मुर्खजीले नेपालको भ्रमण गर्ने बताएका छन् । भारत सरकारको सहयोगवाट पोखराका बिभिन्न ठाँउमा निमार्ण गरिएका विद्यालय भवनको शिलन्यास कार्यक्रममा भारतका राष्ट्रपति प्रणम मुर्खजीको नेपाल भ्रमण पछि नेपालकी राष्ट्रपतिको पनि भारत भ्रमण हुने बताए ।
उनले पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको शिलन्यास र लेखनाथ नगरपालिका वडा नं १७ स्थित सरस्वती टिका उच्च मा.वि.मा पक्की भवन बने पछि शिक्षाका लागि भौतिक पुर्वाधारको अभाव नहुने बताए । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालय सहितको तीन तल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिल्ला विकास समिति कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए ।उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजवुत बनाए बताए । उनले नेपाल र भारतबीच युगौंदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै राजदुत रायले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुबै देश लागिरहेको उल्लेख गर्नु भयो । राजदुत रायले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको आगामी दिनमा ७५ जिल्लाका पाँच सय भन्दा बढी योजना स्वास्थय र शिक्षामा क्षेत्रमा लगानी गर्ने बताए ।

उनले सरस्वती टिका उच्च मा.वि.को दुई तल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचर सहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुने बताए । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोवर २८ मा र सरस्वती टिका उच्च मा.वि.को भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताए ।