धादिङ असोज ६
धादिङमा स्थानीय तह गाउँपालिका तथा स्वायत्त क्षेत्रको संख्या, सीमा निर्धारण गर्ने सम्बन्धमा आयोजित सर्वपक्षीय छलफलमा धादिङलाई १२ स्थानीय तह हुने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । जिल्लाको जनसंख्याका वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र विद्यमान स्थानिय निकायको संख्याको अनुपातलाई आधार मानेर उक्त प्रस्ताव गरेको हो । अहिले धादिङमा १ वटा नगरपालिका र ४६ वटा गाविस रहेको छ ।
कुन गाउपालिकाको नाम के र कुन कुन गाविस रहने ?
धादिङको लापा तिप्लीङ झार्लाङ र सेतुङलाई मिलाएर सेर्तुङको चालिसेमा केन्द्र रहने गरि रुवि भ्याली गाउपालिका बनाउने प्रस्ताव गरेको छ । जहाँ तेह्र हजार सात बीस जनसंख्या रहेको छ ।
एक्काईस हजार चार एकसठ्ठी जनसंख्या रहने गरि दार्खा, सत्यदेवी ,मार्पाक, कटुञ्जे र सेम्जोङ गाविसलाई मिलाई डापजोङ गाउपालिका प्रस्ताव गरेको छ । जसको केन्द्र मार्पाकको सापटारी रहने गरि प्रस्ताव गरेको छ ।
गंगाजमुना गाउपालिका रहने गरि धादिङको बसेरी , बुढाथुम, फुलखर्क,री र गुम्दी गाविसलाई मिलाई केन्द्र मण्डली फुलखर्क रहने गरि अर्को गाउपालिका प्रस्ताव गरेको छ । जसको जनसंख्या एक्काईस हजार सात चौरासी रहने गरि प्रस्ताव गरिएको छ ।
सल्यानटार ,आगिञ्चोक, त्रिपुरेश्वर, सल्यानकोट र मूलपानी गाविसलाई मिलाई सल्यानटार गाउ पालिका राख्ने प्रस्ताव गरेको छ । जसमा बाईस हजार नौ सय साठी जनसंख्या रहने प्रस्ताव गरेको हो । केन्द्रमा सल्यानटार रहने प्रस्ताव गरिएको छ ।
चैनपुर खरि ढोला र ज्यामरुङ गाविसलाई मिलाएर ज्वालामुखि गाउपालिका प्रस्ताव गरिएको हो । जसको केन्द्र साँधभञ्जयाङमा रहने प्रस्ताव गरिएको छ । जहाँ एक्काईस हजार सात सय एक्कसठ्ठी रहने प्रस्ताव गरेको छ ।
त्यसैगरी सिद्धलेक गाउँपालिकामा नलाङ, सलाङ र मैदी गाविसलाई मिलाएर प्रस्ताव गरिएको छ । जसको केन्द्र ढाप भञ्ज्याङ रहने गरि प्रस्ताव गरिएको छ । जहाँ वाईस हजार नौ सय बीस जनसंख्या रहेको छ ।
धादिङको सदमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा नीलकण्ठ, खाल्टे र धुँवाकोट गाविसलाई समावेश गर्ने प्रस्ताव गरिएको छ । जसको केन्द्र धादिङको सदरमुकाम धादिङबेशीलाई प्रस्ताव गरेको छ । जहाँ एक्काउन्न हजार पाँच सय सत्र जनसंख्या रहेको छ ।
छत्रेदेउराली, जीवनपुर र नौबिसे गाविसहरु मिलाएर धुनिवेसी गाउँपालिकामा रहने अर्को प्रस्ताव गरेको छ । जसको केन्द्र धुनवेशी रहने प्रस्ताव गरि एकतीस हजार उन्नानतीस जनसंख्या रहने प्रस्ताव गरेको छ ।
त्यस्तै महादेववेसी गाउँपालिकामा धादिङको थाक्रे, तसर्पु, केवलपुर र भूमेस्थान गाविसलाई समावेश गर्ने प्रस्ताव गरिएको छ ।जसको केन्द्र महादेववेशी रहने प्रस्ताव गरेको छ। जहाँ तीस हजार सात पचासी जनसंख्या रहने भएको छ ।
त्यसैगरि बैरेनी, कल्लेरी, किरान्चोक र गोगनपानी गाविसलाई समावेश गरि गल्छीबैरेनी गाउँपालिकामा रहने र जसको केन्द्र डल्टार रहने प्रस्ताव गरेको छ । जहाँ तेतीस हजार सात नब्बे जनसंख्या रहेका छन ।
गजुरी, पिडा र कुम्पुर गाविसहरुलाई समावेश गरी गजुरी गाउँपालिकामा प्रस्ताव गरिएको छ । जसको केन्द्र गजुरी रहने र जसको जनसंख्या एकतीस हजार नब्बे रहने प्रस्ताव गरिएको छ ।
यसैगरी रोराङ गाउँपालिका रहने गरि जोगिमारा, धुषा, बेनिघाट र महादेवस्थान गाविसहरु समेटिने गरी प्रस्ताव गरिएको छ । जसको केन्द्र विशालटार रहने र जसको जनसंख्या एक्कतीस हजार चार सय पचहत्तर रहेका छन ।
प्रस्तावमा धादिङको जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी र पिडा गाविस र चितवन र मकवानपुर जिल्लाका महाभारत लेक क्षेत्रमा सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको क्षेत्रलाई एकीकृत गरी चेपाङ विशेष संरक्षित क्षेत्र घोषणा गर्न पनि आयोगलाई अनुरोध गरिएको छ ।