धादिङको नौबिसेमा दुर्घटना, चालक सहित १० जना घाइते

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ६, २०७३

धादिङ असोज ६
durghatna
धादिङको नौविसे गाँउ विकास समितिको वडा नं ४ कानाकोटमा विहिबार टिप्पर र माइक्रोबस एक आपसमा ठोक्किदाँ चालक सहित १० जना घाइते भएका छन् । काठमाडौँबाट वैरेनी तर्फ आउँदै गरेको बा ४ ख २८९६ नम्बरको ट्रिफरले पोखराबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ६१६५ नम्बरको माइक्रोलाई ठक्कर दिएको थियो । दुर्घटना माइक्रोका चालक सहित ४ पुरुष र ६ महिला घाइते भएको इलाका प्रहरी कार्यलय खानिखोलाले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । भने ट्रिफर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।