जिल्ला बन कार्यालयका रक्षकहरुद्धारा धादिङका प्राधिकरण प्रमुख पक्राउ

Avatar photo
Dhadingpost
अशोज ५, २०७३

धादिङ असोज ५

satya-narayan
बन क्षेत्रमा अतिक्रमण गरि बनाईएको घर टहरा र संस्थाहरुको लाईन काटन अटेर गरेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङका प्रमुख सत्यनारायण नागीलाई आज पक्राउ गरेका छन।

सामुदायिक वन क्षेत्र अतिक्रमण गरी घर, टहरा बनाएका संघ, संस्थाको विद्युत लाइन नकाटेको भन्दै नागीलाई जिल्ला वन कार्यालय धादिङका सशस्त्र वन रक्षकहरुले पक्राउ गरेका हुन् । पक्राउ परेका नागीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ ।

वन अतिक्रमण गरेर घर, टहरा बनाएका रेडियो धादिङ लगायत संघ संस्थाको बिजुली लाइन काट्न जिल्ला वन कार्यालयले एक महिनाअघि नै आदेश दिएको थियो ।

सामुदायिक बन क्षेत्रमा बनाईएको भन्दै केहि समय अघि रेडियो धादिङको भवन भत्काउन खोज्दा अवरोध भएको थियो ।