धादिङबेसी असोज ३ । प्रेस सेन्टर नेपाल धादिङले प्रेस स्वतन्त्रता र दोषी उपर कार्वाहीको माग गर्दै आज विज्ञप्ती निकालेको छ ।
धादिङ नौबिसेका स्थानिय बासी एभिन्यूज खबर टिभिका धादिङका बासु श्रेष्ठ माथि भएको आक्रमण र उनको साथमा रहेको मुभिक्यामरा, ल्यापटप लुट्ने, सामाजिक संजालमा अर्नगल प्रचार गर्नेलाई कारवाहीको गरी प्रेस स्वतन्त्रताको प्रत्यभुतिको माग गर्दै प्रेस सेन्टर धादिङले विज्ञप्ती निकालेको हो ।
प्रहरी कै अगाडी पत्रकार पिटिदा र कम्प्यूटर क्यामरा लुटीदा दोसी उपर कार्वाही नगरेको भन्दै प्रेस सेन्टर धादिङले विज्ञप्ती मार्फत आक्रोस व्यक्क्त गरेको छ ।
प्रेस सेन्टर धादिङका सदस्य समेत रहेका श्रेष्ठलाई राजनीतिक स्वार्थपूर्ण तवरले केहि व्यक्ति सामाजिक संजालमा वासु श्रेष्ठ अर्काको श्रीमतीलाई १ महिना देखि काठमाडौमा लुकाई राखेकोले स्थानियले आक्रमण गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका जस्ता अनर्गल प्रचारमा उत्रियको देखियो ।
प्रहरीले उक्त घटनामा ल्यापटप र मुभिक्यामरा लुट्ने लुटेरा र श्रेष्ठको ज्यानमाथि धावा बोल्ने अपराधी साथै सामाजिक संजालमा अनर्गल प्रचार गर्ने कसैलाई पनि अहिले सम्म पक्राउ नगर्नुले हाम्रो संगठनलाई थप आक्रोसित बनाएको छ विज्ञप्तमिा भनिएको छ ।
वासु श्रेष्ठले गल्ती गरेको भए कानुन बमोजिम अनुसन्धानलाई सहयोग गर्न हाम्रो संगठन तयार छ तर रिपोर्टिङ रहँदा आक्रमण गर्ने क्यामरा, ल्यापटप लुट्ने सामाजिक सञ्जालमा अनर्गल प्रचार गर्ने सबैलाई अनुसन्धानको दाएरामा ल्याई कार्वाही गर्न समेत प्रेस सेन्टरले माग गरेको छ ।