धादिङबेसी असोज ३ । धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसका उप-प्राध्यापक हरि लम्सालको संयोजकत्वमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन धादिङ गठन भएको छ ।
धादिङ जिल्लाका विभिन्न क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुको आजको जिल्ला भेलाबाट लम्सालको संयोजकत्वमा उक्त संगठन गठन भएको हो ।
आज संविधान दिवसको अवसरमा गठित उक्त संगठनको सदस्यहरुमा गणेश हिमाल क्यम्पसका प्रयास रेग्मी, चन्द्रोदय क्याम्पसका रामेश्वर पोखरेल र रामकुमार बस्नेत, नेत्रावती सामुदायीक क्याम्पसका डिल्ली खनाल र भिमबहादुर थापा, सिपि कलेज धादिङका कृष्णप्रसाद पोखरेल रहेका छन् ।
माओवादी केन्द्र शिक्षा विभागको जिम्मेवारी सम्हालेका पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाबाट निर्वाचित यस समितिले आगामि मंसिर १८ गते जिल्ला सम्मेलन गराउने संयोजक लम्सालले धादिङपोष्टलाई बताउनु भयो ।