दशैंमा आन्तरिक हवाइ भाडा घट्यो

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७३

धादिङ  असोज २

hawai

आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलरदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।

सञ्चालक संघको आज बसेको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा १९३ रुपैयाँ घटाइएको छ।

यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाइएको छ ।

निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

नयाँ भाडा दरको सूची हेर्नुहोस्