संविधान दिवसको अवसरमा ५३७ कैदीलाई छोडने

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७३

धादिङ असोज २-

mantri-parishad-karyalaya
आज बसेको मन्त्रिपरिषद बैठकले भोली परेको संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बारेमा ब्रिफिङ गरेका थिए। मन्त्रिपरिषदले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निचोड निकालेको छ।

असल आचारण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई संविधान दिवसको अवसरमा छोड्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले २ जना सह(सचिवलाई सचिवमा बढुवा गरेको छ। अर्थका कृष्ण देवकोटालाई कामु सचिव र गृहका विनोद केसीलाई सचिवमा बढुवा गरेको उप(प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताए।