पोखरा असोज २-
पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । अध्यक्षका अन्य पाँच प्रत्यासीलाई पन्छाउदै उनी पोखराकै जेठो संस्थाको नेतृत्वमा आएका हुन् ।
उनले निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई हराए । मत परिणाम अनुसार अध्यक्षका अन्य प्रत्यासी मध्ये नारायण कोईराला तेस्रो, हिरा भट्टराई चौथो, ईश्वर कर्माचार्य पाँचौ र धनिराम बराल छैटौ स्थानमा आए ।
निर्वाचनको मत परिणाम अनुसार संघमा पालिखे प्यानलको बर्चश्व भएको छ । पदाधिकारीहरु बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, महासचिवमा दामु अधिकारी र कोषाध्यक्षमा पवन कुमार प्रजापति पालिखे प्यानलबाटै निर्वाचित भएका छन् ।
बाणिज्य तर्फको उपाध्यक्षमा भने स्वतन्त्र उमेदवार विन्दु कोईराला सुवेदी निर्वाचित भइन् । उप – महासचिवमा क्षेत्री प्यानलका अर्जुन पोखरेल विजयी भए । त्यस्तै खुल्ला १० सदस्य तर्फ पालिखे प्यानलबाट ८ र क्षेत्री प्यानलबाट दुई जना निर्वाचित भएका छन् । संघको विधान अनुसार निर्वाचित २४ , अध्यक्षले मनोनित गर्ने चार र निवर्तमान अध्यक्ष एक गरी २९ सदस्यीय कार्यसमिति हुनेछ ।