जुरेथुममा पाँच रोपनी क्षेत्रफलमा खेल मैदान बन्दै

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७३

गंगालाल गुरुङ
धादिङ असोज ।
jj
हामिले नगरे कस्ले गर्ने , यहाँ नगरे कहाँ गर्ने , अहिले नगरे कहिले गर्ने यो सिद्धान्त युवा वर्गको गतिलो नारा हो । यसै नारालाई आत्मसाथ गर्दै धादिङको जुरेथुममा रहेको युवाहरु सङगठित बन्दै गएका छन । जुरेथुम युवा अभियान कमिटि नै गठन गरेर आफ्नो गाउ बनाउन सर्वप्रथम आफै नै जागरुक हुन पर्ने कुरालाई अनुशरण गर्दैै जुरेथुममा जन्मिएर विभिन्न ठाउमा रहेर कार्य गरिरहेको युवाहरु एकजुट भई गाउँमा देखा परेको विविध समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरि अगाडि बढन सजिलो होस भनि युवाहरु सङगठित भएका हुन ।

jurethum-1

सामाजिक सञ्जालहरु मार्फत आपसी सहकार्य गर्दै एकजुट भएका युवाहरुले गत भदौ २९ गते जुरेथुममा रहेको स्थानीय वासिन्दासँग छलफल गरि गाउँमा देखा परेको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम समेत सञ्चालन गरेका थिए । सोही क्रममा विगत लामो समय देखि जुरेथुममा खडकिएको खेल मैदान अभावलाई कसरी समाधान गर्ने भन्ने विषयमा वृहत छलफल कार्यक्रम समेत चलाएका थिए । सो क्रममा जुरेथुममा रहेको युवाहरुको सह्रानीय कार्यलाई स्वागत गर्दै धादिङ जुरेथुम निवासी लिलख गुरुङ लगायत गाजली गुरुङ,विक्रम गुरुङ, मैना गुरुङ, विजय गुरुङ ,दुर्गा गुरुङ र विन्दा गुरुङले सामुहिक रुपमा खेल मैदान निर्माणको लागि पाँच रोपनी जग्गा प्रदान गर्ने भएका छन ।

jurethum-2

लामो समय देखि जुरेथुममा खेल मैदान नभएको आभास हामिहरुले गरिरहेका थियौ ,यसै बेला गाउँका युवाहरु जागरुक भएर गाउ विकासमा लागेको देख्दा खुशि लाग्यो त्यसैले युवाहरुको अभियानलाई सार्थक र प्रोत्साहनको लागि हामिले हाम्रो जग्गा प्रदान गर्ने निर्णय ग¥यौ जग्गादाता लिलख गुरुङले भन्नु भयो । यसरी नै युवाहरु जगरुक हुने हो भने आफूले सक्ने सक्दो सहयोगलाई जारी राख्ने अर्का जग्गादाता विक्रम गुरुङले बताउनु भयो।धादिङ जिल्लाको मध्य धादिङमा रहेको जुरेथुम विकासको सम्भावनाले भरिपूर्ण गाउँ हो तर पनि विकासको पूर्वाधारले पछि रहेका छन । सदरमुकाम धादिङबेशीबाट ७ किलोमिटरको दुरिमा रहेको जुरेथुम हिडेर ४५ देखि एक घण्टामा सजिलै पुग्न सकिने छ । हालै मात्र नगरपालिका घोषणा भएको जुरेथुम नीलकण्ठ नगरपालिकाको वडा नं. १ मा पर्दछ । गुरुङहरुको वाहुल्यएता रहेको जुरेथुममा प्राकृति तथा धार्मिक सम्पदाहरुले छुट्टै पहिचाहन वोकेका छन । वाटुले चौरमा रहेको चमेरो गुफा , वागेश्वरी मन्दीर आफैमा पनि जुरेथुमलाई चिनाउने चिनारीको रुपमा रहेको छ ।

jurethum-3
वर्षौदेखि खानेपानीको समस्यामा पिल्सिएको जुरेथुमममा विस. २०६६ साल चैत्रबाट लिफ्टिङ प्रविधिवाट खानेपानी सञ्चालन भईरहेको छ । स्थानीयले दुःखका साथ खानेपानीलाई सञ्चालन गरिरहदा हाल आएर खानेपानी सञ्चालनमा समस्याहरु आईरहेका छन । भनेको समयमा विद्युत नहुने र एउटा मात्र खानेपानीको मेशिन विग्रेमा मर्मत गर्न लाखौ खर्च हुने हुँदा खानेपानीमा लामो समय सम्म उपभोग गर्ने नसकिने भो एक स्थानीयले गुनासो पोखे । मासिक रुपमा खानेपानीको महशुल प्रतिघर तीनसय भन्दा बढि बुझाउनु पर्ने गरेको छ ।
स्थानीय एवं नेपाली सेनामा कार्यरत नव वहादुर गुरुङको संयोजकत्वमा जुटेको टोली जुगेधारामा रहेको श्री लामा गुरु माध्यामिक विद्यालयमा पुगेर सरसफाई समेत गरेका छन । विद्यालय दिनप्रतिदिन दुर्गन्धित बनिरहेको व्यापक जनगुनासो आएपछि स्थानीय युवाहरु पुगेर विद्यालय सरसफाई गरेको कार्यक्रमका सहसंयोजक साजन गुरुङले बताए ।

jurethum-4
जुरेथुमका युवाहरु जुटेर गाउँ विकासमा लागे पछि स्थानीयमा आशाको सञ्चार पैदा भएको छ । सदियौ देखि एउटा खेल मैदान पनि नहुदा जुरेथुमका युवाहरुले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट सफलताहरु हाँसिल गर्दै आईरहेका छन । युवाहरु एकजुट हुदै प्राप्त जग्गामा खेल मैदान निर्माण गर्न सकेमा जुरेथुमका युवाहरुको पनि खेल क्षेत्रमा उल्लेखनीय प्रगति हुनेमा कुनै दुई मत रहेको छैन । तर जग्गा प्राप्ति गरेपनि खेल मैदानको रुपमा परिणत गर्न ठूलो लगानी लाग्ने भएकाले त्यसको लागि आवश्यक आर्थिक बोझ भने युवाहरुमा परेका छन । गाउँलेले जग्गा प्रदान गरिसकेपछि पनि आर्थिक अभावको कारणले कतै यसलाई अगाडि बढाउन नसकिने पो हो की भन्ने चिन्ता युवाहरुमा थपिएको छ । यसको लागि सरकार तथा विभिन्न संघ संस्था र पार्टी प्रतिनिधिहरुले सहयोग गरेमा जुरेथुम युवा अभियानले चालेको पाईलामा सहयोग पुग्ने थियो की ?

तस्बिर: साजन गुरुङ