विभिन्न माग सहितको ज्ञापन पत्र बुझायो, नयाँ शक्ति धादिङले

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७३

धादिङबेसी असोज २ । नयाँ शक्ति पार्टी नेपाल धादिङले आज धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज देशैभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नयाँ शक्तिका कार्यकताएले प्रमुख जिल्ला अधिकारी सुवेदीलाई ज्ञपानपत्र बुझाएको हो ।

नयाँ शक्तिको केन्द्रिय नेतृ तथा धादिङ क्षेत्र नं. २ को पूर्व सभाषद कल्पन धमला, जिल्ला सम्योजक बिरबहादुर तामाङको नेतृत्वमा गएको नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन-पत्र बुझाएका हुन् ।

भ्रष्टचारमा शुन्य सहनशिलता कायम, तथा कालोबजारी मुल्यबृद्धि नियन्त्र, भुकम्प पिडितलाई शीघ्र राहत लगायत जनसरोकारको विषयमा ध्यन केन्द्रित गराउन त्रापन पत्र बुझाईएको नयाँ शक्ति पार्टी नेपाल धादिङले बताएको छ ।