धादिङबेसी असोज २ । विदेशमा आफ्नो जन्म दिनको अवसर वा आफ्नो कमाईको केहि अंश सामाजिक काममा लगाउने गरेको त हामीले सुने कै हो । अब यो चलनलाई नेपालमा पनि धादिङ ज्यामरुङका तारालाल धरेलले सुरु गर्नु भएको छ ।
ज्यामरुङ गाविसमा रहेको कुमारीदेवि स्कुललाई बिगत २ वर्ष देखी कापी कलम सहयोग गर्दै आउँनु भएको छ । उहाले आफ्नो कमाईको १० प्रतिशद सामाजिक सेवामा खर्च गर्ने योजना अन्तरगत उक्त विद्यालयका २सय २४ बिधार्थीलाई कापी कलम प्रदान गरि रहनु भएको हो ।
सामाजिक काममा सहयोग गर्न पैसावाल नै हुनुपर्दैन म ठुलो आम्दानी गर्ने मान्छे त हैन तर जति कमाई हुन्छ त्यसको १० प्रतिशद सामाजिक काममा नै खर्च गरि रहने उहाँले धादिङपोष्टलाई बताउनु भयो ।
सबै को मन होसे त तारालाल धरेल् (हरिचन्द्र) को जस्तो, उहाँले आफ्नु कमाइ को १० प्रतिशद सामजिक काम गर्दै आउनु भएको छ । भुक्कप पछी ज्यामरुङ ५ मा ७५ बोरा चामल तेल नुन बितरण गर्नु भएको थियो ।
ज्यामरुङका स्थानिय धरेल काठमाडौमा पर्यटन व्यवसाय गर्दै आउनु भएको छ । उहाँको यो सहरनिय कामको थालनिनाई हामी सबैले अबलम्बन जरुरी छ ।