बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारणलाइन बनाउने समझदारी

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३१, २०७३

धादिङ  भदौ ३१

hetauda-dhalkebar-transmisisan

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बुटवल-गोरखपुर ४०० केभीए क्षमताको अन्तरदेशीय प्रसारणलाइन बनाउने समझदारी भएको छ । उक्त प्रसारणलाइन ११५ किलोमिटर लामो हुनेछ ।‘प्रधानमन्त्रीको भ्रमणका क्रममा यो प्रसारणलाइन बनाउने भन्ने सम्झौता भएको छ,’ उर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले  भने- ‘मोालिटीको बारेमा पछि छलफल गरेर निर्णय हुनेछ ।’

तर, कस्तो मोडालीटीमा बनाउने भन्नेमा दुई पक्षबीच समहति भइनसकेकाले सो अन्तरदेशीय प्रशारणलाईन कहिलेसम्ममा बनाउने र बनाउन कति खर्च लाग्ने भन्नेबारे केही उल्लेख छैन ।

०७१ मा दुई देशबीच भएको विद्युत व्यापार सम्झौता (पीटीए)मा अन्तरदेशीय प्रसारण लाइनहरु बनाउने उल्लेख थियो । पीटीएको कार्यान्वयनकै क्रममा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा यस्तो समझदारी भएको पन्थले बताए ।
अहिलेसम्म नेपाल-भारतबीच १३२ केभीए क्षमताको मुजफ्फपुर-ढल्केबर प्रसारणलाइन मात्रै सञ्चालनमा छ । त्यसलाई स्तरोन्नति गरेर ४०० केभीए क्षमताको बनाइँदैछ । अन्तर देशीय प्रसाणलाइन बनेपछि दुई देशबीच विद्युतको व्यापार गर्ने औपचारिक ढोका खुल्ने पन्थले जानकारी दिए ।

नेपालले आ-आफ्नो देशमा आफू-आफूले नै प्रसाणलाईन बनाउनुपर्ने प्रस्ताव गरेको थियो । तर, भारतले भने कम्पनी बनाएर प्रसारणलाइन बनाउनुपर्ने अडान राख्दै आएको थियो ।