आजबाट प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३०, २०७३

धादिङ भदौ ३०-

pm-prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ ।प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री असोज २ गते स्वदेश र्फकने कार्यतालिका रहेको छ ।

भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

नयाँ दिल्ली उत्रिएसँगै प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ ।