चाडपर्वको लागि सुपथ पसल सञ्चालनमा आउने, नुन प्रति केजी रु ९ मा पाईने

Avatar photo
Dhadingpost
बुधबार, भदौ २९, २०७३

धादिङ भदौ २९

mantri-parishad-karyalaya
आज बसेको मन्त्रिपरिषद्को बैठकले यो वर्षको दशै, तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा नेपाली जनतालाई राहत दिने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थान र अन्य २५ जिल्लाका विभिन्न स्थानहरुमा साल्ट टेडिङ र नेसनल ट्रेडिङबाट असोज १ गतेदेखि नुन, चिनी र चामलमा सहुलियत सहित बिक्री गर्न लगाउने निर्णय गरेको छ।
पहाडमा रु ९ मा प्रति केजी नुन उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो रु १० र चिनीमा रु पाँच छुट दिइने छ । अन्य जिल्लामा चिनीमा र चामलमा रु पाँच र नुनमा रु दुई छुट दिने निर्णय गरिएको छ ।

यस्तै सरकारले सुपथ मूल्य पसलमा गुणस्तरहीन वस्तु नराख्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

विगतका वर्षहरुमा राखिएका पसलमा अखाद्य वस्तु मिसावट भएका र मिति सकिएका उपभोग्य वस्तु भेटिएकाले त्यस्तो गल्ती नदोर्‍याउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको सरकारले जनाएको छ