महत स्वदेश फिर्ता

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २८, २०७३

धादिङ  भदौ २८

prakash-sharan-mahat

परराष्ट्रमन्त्री प्रकाश शरण महत ३ दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सकाे विमानबाट मंगलबार १ बजे उनी काठमाडाैं अाइपुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तालिका र एजेण्डाबारे भारतीय पक्षसँग छलफल गर्न उनी आइतबार नयाँ दिल्ली पुगेका थिए।प्रधानमन्त्री दाहालले भदौ ३० गतेदेखि भारतको भ्रमण गर्दैछन्।

महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग साेमबार भेटवार्ता गरी प्रधानमन्त्रीकाे भ्रमण बारे छलफल गरेका थिए।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै ३० गतेदेखि हुने प्रधानमन्त्रीकाे भारत भ्रमणकाे तयारी पूरा भएकाे बताएका छन्। भ्रमणमा दुर्इ देशबीच विद्युत् व्यापार, सीमा तथा व्यापारिक नाकाहरूकाे विस्तारलगायतका विषयमा छलफल हुने गरि एजेन्डा तय भएकाे पनि उनले बताए।