धादिङ भदौ २८
मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी अब देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने भएको छ। मंगलबार पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष गजुरेलले पार्टीको नाममा चुनाव लड्नुको साटो मोर्चाबाट लड्दा बढी उपयुक्त हुने बताए। भदौ २६ र २७ गते काठमाडौंमा विशेष सम्मेलन आयोजना गरी क्रान्तिकारी माओवादीले सिपी गजुरेलको अध्यक्षतामा मोर्चा गठन गरेको हो। ‘मोर्चा गठनसँगै अब गाउँ गाउँमा संगठन विस्तार गर्छौ र भ्रष्टाचार विरुद्ध आन्दोलन चलाउँछौं,’ उनले भने। ७१ सदस्यीय मोर्चाको सचिवमा परी थापा छन्।
२०४८ सालको संसदीय निर्वाचनमा नेकपा एकता केन्द्रले पनि संयुक्त जनमोर्चाबाट चुनाव लडेको थियो। जतिखेर २०५ निर्वाचन क्षेत्रमध्ये जनमोर्चाले नौ सिटमा विजयी प्राप्त गरेको थियो।