प्रधानमन्त्रीले गरे टेलिफोनबाटै आमसभालाई सम्बोधन

Avatar photo
Dhadingpost
सोमवार, भदौ २७, २०७३

धादिङ भदौ २७

pm-prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सिरहामा आयोजित आमसभालाई टेलिफोनबाटै सम्बोधन गरेका छन । सम्बोधनको क्रममा

प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकतम् सहमतिसहित संविधान संशोधनको प्रयास भइरहेको बताएका छन् ।

सिरहाको मिर्चैयामा सोमबार आयोजित आमसभामालाई टेलिफोनबाट सम्बोधन गर्दै मधेसी, थारुलगायतको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने प्रयास अन्तिम अवस्थामा पुगेको दाबी गरे ।

मौसम खराबीका कारण सिराहा जान नसकेपछि प्रधानमन्त्री दाहालले टेलिफोनबाट सम्बोधन गरेका हुन् ।प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट सिराहा पुगेका सर्वसाधारण भने निराश बन्दै फर्किएका थिए ।

प्रधानमन्त्रीले मधेसको उन्नतिको मेरुदन्ड हुलाकीसडक हुने भन्दै त्यसका लागि भारत सरकारसँग कुरा उठाउने पनि बताए ।