नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ गतेदेखि पाँच गतेसम्म पोखरामा हुने भएको छ ।आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उदय शम्शेर राणाले अब महाधिवेशन तोकिएकै समयमा हुने बताए ।
‘अब जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं,’ उनले भने ।पत्रकार सम्मेलनमा अर्का केन्द्रीय सदस्य नारायण प्रसाद भटराईले महाधिवेशनको तयारी तिव्र पारिएको जानकारी दिए ।