मुटुरोगी कामीलाई नयाँ शक्तिको सहयोग

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७३

काठमाडौं भाद्र २६ । मुटुरोगले पीडित सुनसरीका दलमर्दन कामीलाई नयाँ शक्तिले आर्थिक सहयोग गरेको छ ।

आइतबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा पीडितलाई संयोजक डा. बाबुराम भट्टराईले रु १ लाख १८ हजार ८१० नगद सहयोग हस्तान्तरण गर्नुभएको हो ।

हस्तारन्तरण गरिएको सहयोग रकम नयाँ शक्तिको प्रवास प्रादेशिक समिति अन्तर्गत कतार, बेलायत, इजरायल र जापानबाट प्राप्त भएको प्रवाश समितिका संयोजक नवराज सुवेदीले बताउनुभयो । उहाँले यसअघि पनि पीडित दलमर्दन कामीलाई रु. ७१ हजार सहयोग गरिएको बताउनुभयो ।

सुनसरी निवासी ४३ वर्षीय कामी हाल काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत हुनुहुन्छ ।