धादिङबेसी भाद्र २६ । धादिङ क्षेत्र नं. २ का संसद गुरु बुर्लाकोटीले संसदको शुन्य समयमा बोल्दै धादिङ जिल्लामा मात्र १९ प्रतिशद भुकम्प पिडितको नामावली छुट भएको बताउनु भयो ।
धादिङका भुकम्प पिडितहरुको आवाज सरकार सम्म पुर्याउने मुख्य स्थल संसदको बैठकमा भुकम्प पिडितहरुको पक्षमा बोल्दै सभाषद बुर्लाकोटीले संसद वैठकको शुन्य समयमा बोल्दै भसकम्प १९ प्रतिसद मध्य एउटै गाविसमा ४० प्रतिसद सम्म छुट भएको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
छुट भएकाहरुले भरेको गुनासो फारमको उचित सम्बोधन गर्न समेत आग्रह गर्नु भएको थियो । उहाले गुनासो फारम भर्ने मात्र हैन तत्काल गुनासो फारमको छानविन गर्न आग्रह गर्नु भएको छ ।
संसद बुर्लाकोटीले ,जग्गाधनी पुर्जा एउटै भएका तर छुट्टा भिन्न भएका भुकम्प पिटितलाई त्यहि जग्गाधनी पुर्जाको मार्फत राज्यले कडाई गर्न नहुने, सुकुम्बासीलाई आवास निर्माणको लागि विना सर्त राहात पाउनु पर्छ साथै उहाँले यथा सक्य भुकम्प पिडितहरुको लागि राज्यले आवास निर्माणमा सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।