आज परराष्ट्रमन्त्री महत भारत जाँदै

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७३

धादिङ भदौ २६

prakash-sharan-mahat

आज परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  आसन्न भारत भ्रमणको तयारीका लागि  भारत जाँदै छन् ।भ्रमणका विषयमाकतिपय महत्पूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत जान लागेका हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए । सोही क्रममा प्रधानमन्त्री दाहलको भ्रमण मिति तय गरिएको थियो ।