धादिङमा अनुगमन तिब्र, अखाद्य वस्तु नस्ट गरिदै

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७३

धादिङबेसी भाद्र २६ । धादिङमा केहि दिन यता बजार अनुगमनलाई तिब्र परिएको छ । जिल्ला प्रशासनको नेतृत्वमा सम्बधित सरकारी था गैर सरकारी कार्यलयहरुको उपस्थितिमा बजार अनुगमनलाई पारिएको हो ।

अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु टिपोट गरि बरामद गर्ने गरिएको र त्यस्ता बरामद गरिएका वस्तुहरुलाई जिल्ला प्रशासनले नस्ट गर्ने गरेको छ ।

बजार अनुगमन तिब्र पारिए पछि व्यवसायीहरुको मुल संस्था धादिङ उद्योग वाणिज्य संघले व्यपारीहरुलाई पसल दर्ता नगरी पसल संचालन नगर्न, पसलमा समय मिति सकिएका वस्तुहरु नराख्न, मुल्य सुचि देखिने ठाउँमा राख्न र अनुगमन कर्तालाई सहज रुपमा अनुगमन गर्न सहयोग गर्न सुचना जारी गरि सकिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले धादिङपोष्टलाई बताउनु भयो ।

अनुगमनको सिलपिसलामा शनिबार धादिङबेसी स्थित सिरानबजारका पसलहरु अनुगमन गरिएको थियो । २४ वटा किरानापसल, खाद्य पसल, होटलहरुको अनुगमनमा ४ वटा पसलबाट अखाद्य तेल, म्याद नाघेका रियल जुसहरु, गरम मसला, बिस्कुट, चाउमीन लगायतका खाद्य वस्तुहरु फेला परेका थिए ।

स्थानीय प्रशासनले राजमार्ग क्षेत्रमा अनुगमन गरी होटलहरुसँगै संचालन गरिएका फास्टफुड र जंक फुड पसलहरु अनुगमन गरी उत्पादन मुल्य उल्लेख नगरिएका खाद्य पदार्थहरु समेत नष्ट गरेको छ ।