धादिङ भदौ २५
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । शीतलनिवासमा करिब आधा घण्टा भएको भेटवार्ता भारत र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा केन्द्रित थियो ।
‘दुई देशका राष्ट्रपतिले गर्ने भनिएको भ्रमणबारे राष्ट्रपतिले चासो राख्नुभयो,’भण्डारीले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेकी थिइन् । ‘गंगामायाको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन जोड दिँदै उनका मागबारे सरकारको भनाइ राष्ट्रपतिले सुन्नुभएको थियो,’ साहले भने ।