धादिङबाट ल्याएको चरेससहित २ जना पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, भदौ २५, २०७३

धादिङ भदौ २५

chares

 

ठमेलका लागि धादिङबाट ल्याएको पाँच किलो चरेससहित २ जना पक्राउ परेका छन् । ब्यागमा पाँच किलो चरेस बोकेर ल्याएको अवस्थामा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पकनाजोलमा नारायणप्रसाद खनाल र चित्रबहादुर तामाङलाई पक्राउ गरेको हो ।

दैलेख चिगौडी ५ का खनाल स्वयम्भूमा बस्दै आएका थिए भने धादिङ भुमेस्थान ३ का तामाङ थानकोटमा बस्दै आएका थिए । वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार यी दुवैले ठमेलमा प्रतिकिलो ३० हजारमा बिक्री गर्न चरेस धादिङबाट काठमाडौं ल्याएको खुलेको छ ।

उनका अनुसार सो चरेसको लक्षित बजार ठमेल क्षेत्र नै हो । ठमेलमा आउने स्वदेशी र विदेशी पर्यटकलाई बिक्री गर्नका लागि उनीहरूले चरेस ल्याएको र उनीहरू पटके कारोबारी रहेको खुलेको उनले जानकारी दिए ।