परदेशीको कथा र ब्यथा प्रदेशी २ भिडियो

Avatar photo
Dhadingpost
शनिबार, भदौ २५, २०७३

धादिङ भाद्र २५ । जिवनमा दुख कस्लाई पो पर्दैन र ? जिवन हरक्को आ–आफनौ कथा र ब्यथा छन । झन आफनो स्वर्ग जस्तो प्यारो जन्म भुमि छोडेर विदेश जानेको पिडा नेपालका आधि भन्दा बढि पुवा शक्तिले भोगेको छ । आफनो घर छोडे वा देश छोडेर परदेशी भुमीमा गए पछि कस्ता कार्य हुन्छ कस्ता कस्ता दुख हुन्छ ?

हामी विर गोर्खाली भनेर संसारमा आफनो बेग्लै पहिचार स्थिापित गरेका छौं तर आज त्यहि विर गोर्खाली आफनो देशमा गएर विदेशीको दास बनेर आफनो श्रमर , रगत र पसिना बगाउन बाध्य हुन्छौं , तर पनि त्यो रगत र पसिनाको उचित मुल्य र पसिना पाउदैन , आफनो घर फर्कनको लागी टिकट सम्म पनि किन्न नस्क्ने स्थिती हुन्छ ।

यहि कथा विषय वस्तुमा आधारित त्रीपूरेश्वर खहरेका सन्तोष सापकोटाले निर्देशन गर्न भएको परदेशीको कथा र ब्यथा प्रदेशी २ भिडियो सार्वजनिक भएको छ । संचारकर्मी धादिङ मैदीका सुरेस श्रेष्ठ, सरु दाहाललाई पनि भिडियोमा देख्न सकिन्छ ।
प्रदेशी २

परदेशि भाग २

https://www.youtube.com/watch?v=–PDltEdK7Y