विश्व दिप डिसी,
धादिङ बेनिघाट भाद्र २५ । धादिङ बेनिघाट स्थित पृथ्वी राजमार्गमा दुईवटा बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ४ ख ६४०१को बस र काठमाडौंबाट लमजुङ तर्फ जाँदै गरेको ना ५ ख ४३६२ नम्बरको अर्को बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै एक जनाको मृत्यु साथै १० जना घाईते भएका हुन् ।
मृत्यु हुनेमा सुर्खेत जरकुटा ६ का ५० वर्षीय गगनसिंह थापा मगर रहेका प्रहरीले बताएको छ । घाइते १० जनालाई मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।