उकाली र ओराली ,गर्नु पर्छ यार!
दुखहरु जिन्दगीमा, पर्नु पर्छ यार!!
पारी जानु छ भने, अड्किएर हुन्न !
ठाडै खोला भए पनि,तर्नु पर्छ यार!!
गित गाउने कोहि मान्छे ,भेटिए भने!
जो जानेको सङ्गीत तिम्ले ,भर्नु पर्छ यार!!
तिमी बस्ने ठाम्ले नि, सर्दी दिन्छ यदि भने!
चिसो भुईलाई छाडी अन्तै ,सर्नु पर्छ यार!!
लेक बेँशी तराईको एकै हामी सम्झिएर!
लेँकको मायाँ बेँशी तिर झर्नु पर्छ यार!!
चिरन श्रेष्ठ
नलाङ्ग १ पात्ले धादिङ्ग
हाल किर्तिपुर काठमाडौँ
प्रकाशित मिति २४ भाद्र ०७३