मुक्तक

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २३, २०७३

मुक्तक
___________________
मलाई पनि एउटा माया गर्नै सानी भैदिए
रिसाउदा म आगो भए ,उनी पानी भैदिए
अनि पो जीवन, जीवन जस्तो लाग्थ्यो
बिहे गरेकै साल हाम्रो एउटा नानी भैदिए।
2. मुक्तक
_____________________

तिम्रो लागी भाग्य मानी ,आफै संग,हारेको छु
हजारौं पीडा कैद राखी बाहिर हाँस्दै,टारेको छु
असमर्थ छु,सबै सुनाउन जीवनका सविस्ताहरु
अमुल्य खुशी र चाहा हरु कयौँ पटक,मारेको छु।

३.मुक्तक
_______________________________

कोपिला नै फर्किएर सुन्दर,फूल हुँदा रहेछ
कलिलैमा टिप्नु फूल ठुलो,भुल हुँदा रहेछ
भर्खर पलाउदै गरेका ति कलिला पालुवामा
कस्तो हुँन्छु भन्ने तिनमा चुलबुल हुँदा रहेछ।

surya-itani

 

 

 

 

 

 

 

 

 

 

✍✍
सुर्य इटनी
चैनपुर १ धादिगं
हाल:साउदि रियाद