स्निग्ध सानन्दमा छु !

Avatar photo
Dhadingpost
शनिबार, भदौ १८, २०७३

रातो सारी, अवनितलमा, लत्रिदै लत्रिदै छ ।
तिम्रा गण्डस्थल कुसुम झै, फक्रदै फक्रदै छ ।।

लाली चम्के, अधर—धरमा, बासुरी झै छ कण्ठ ।
तान्छन् तिम्रा कलस—कुचले, पूर्ण सम्मोहनी छ ।।

मुस्काएकी, गगन — धव झै , गाजले—नेत्र उन्का ।
भ्रूभङ्गी नै, धनुसरह छन्, नाच हे नाच चम्पा ।।

रङ्गीचङ्गी, पहिरन अहा !, हाय ! श्रिङ्गगार—सिन्धु ।
बारुल्ले हा ! कमरनजिकै, टल्कियो नाभि—बिन्दु ।।

सिर्बन्दीमा चमचम हुँदै, चम्किएछन् कपाल ।
नाच्द्यौ प्यारी, छमछम तिमी, तीजको गर्व राख ।।

तिम्रै मोही, रुप—रस पिई मुग्ध आनन्दमा छु ।
नाच्द्यौ प्यार, तिज—बहरमा, स्निग्ध—सानन्दमा छु ।।

 

 

 

 

 

 

 

बद्रीप्रसाद दाहाल
नीलकण्ठ नगरपालिका धादिङबेसी