पोखरा भदौ १४ ।
कास्कीमा सामाजिक सुरक्षा भत्ता अब बैंकबाट लिन सकिने भएको छ । चालु आर्थिक बर्ष २०७३/७४ देखि बैंकिङ्ग प्रणाली मार्फत सुरक्षा भत्ता वितरण गर्न लागिएको हो । जिल्ला विकास समितिले कास्कीका सबै गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न दुई वटा बैंकसँग सम्झौता गरेको छ ।
कास्कीको ढिकुरपोखरी गाविसमा ओम डेभलपमेन्ट बैंक र अन्य सबै गाविसमा मुक्तिनाथ विकास बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लिन सक्ने गरी सम्झौता भएको छ । यी दुई बैंकमा शुन्य मौज्दातमा ब्यक्तिगत वचत खाता खोली सोहि खाता मार्फत सामाजिक सुरक्षा भक्ता प्राप्त गर्न सकिनेछ । बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्दा पारदर्शिता हुने, अनियमितताको अन्त्य हुने र सम्बन्धित ब्यक्तिले मात्र लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
बैंकले भत्ता वितरण गर्दा सेवाग्राहीको नाममा वचत खाता खोल्न सम्बन्धित गाविसनै जाने, मोवाईल बैंकिङ्ग सेवा उपलब्ध गराउने साथै प्रत्येक किस्तामा एक पटक सम्बन्धित गाविसमै गएर भत्ता वितरण गर्ने सम्झौतामा उल्लेख छ । यसो गर्दा बैंक सम्म आउन नसक्ने सेवाग्राहीले लाभ लिन सक्ने अपेक्षा छ ।
कास्कीमा सामाजिक सुरक्षा भक्ता बुझ्ने (जेष्ठ नागरिक, एकल÷विधवा महिला, अशक्त, अति अशक्त, अपांगता भएका ब्यक्तिहरु, दलित वालवालिका ) १७ हजार ६ सय ५४ जना छन् । यी ब्यक्तिहरुको लागि कुल २८ करोड सामाजिक सुरक्षा भक्ता बैंकिङ्ग प्रणाली मार्फत जानेछ ।
कास्कीका जिल्ला स्तरिय समन्वय समितिको भदौ १० गते बसेको बैंठकले सिफारिस भएर आए बमोजिम जिल्लाको सबै सामाजिक सुरक्षा भक्ता बैंक मार्फत दिने निर्णय गरेको थियो । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा भने यसअघिनै बैंकमार्फत भक्ता वितरण हुदै आएको थियो ।सेवाग्राही अधिकांश अशिक्षित भएकाले त्यस्तालाई ध्यान दिन उनले बैंकलाई आग्रह गरे ।