धादिङबेसी भाद्र १४ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज २०७३ नजिकिदै गर्दा धादिङमा तिज विशेष कार्यक्रमहरु दिनहुँ भैरहेका छन् ।
यस्तै आज धादिङबेसी शान्तबजारमा होलिस्टिक हेल्थ धादिङले तीज विशेष कार्यक्रम गरेको छ ।
सदरमुकाम धादिङबेसी र यस आसपासका महिलाहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा महिलाहरुले तीजको गीतमा छमछमी नाचेका थिए ।
धादिङबेसीमा केहि महिना अघिमात्र संचालनमा आएको होलिस्टिक हेल्थले हरेक शनिवार स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । भने होलिस्टिक हेल्थ प्रालि काठमाडौले उत्पादन गरेको उत्पादनहरु विक्रिवितरण गर्दै आई रहेको छ ।
हामी कसरी स्वस्थ्य र निरोगी रहने विषय भएका विगतका शिविरहरुमा सहभागि सबैलाई तीज विशेष कार्यक्रममा निमन्त्रण गरिएको आमीले सोचे भन्दा बढी कार्यक्रममा सहभागी भएको होलिस्टिक धादिङकी शुसिला रिजालले बताउनु भयो ।
खुल्ला कार्यक्रम भएकोले महिला या पुरुष जोकोही पनि सहभागि भएकोले उपस्थिति उल्लेख्य भएको उहाँको दावी थियो । तीजलाई भड्किलो भन्दा पनि सद्भाव र संस्कृतिको जगेर्ना हुनेगरि कार्यक्रम आयोजना गरिएको बताईएको छ ।