ओच्छ्याई पैसा,पैसा ओडेर, गरीबको नाममा लुट्न नआउ।
अक्षरका व्यापार- आँसु बेचेर, पुछे झैं गरि-पुच्छ्न नआउ।।
बिहान खायो सिस्नु र खोले, बेलुकी पेट्मा पटुकी बांधेर ।
रुंदैछ साईंला-आफ्नै भाग्यमा, ऊसैको फोटो खिच्न नआउ।।
कति भो तिम्ले पसल थापेको ? साहुलाई उधारो, गरीबलाई नगदमा ।
खिचेर फोटो क्यानभासमा राखी, उसैको फोटो बेच्न नआउ ।।
गरिबी घटे के व्यापार चल्ला ? कसाईले बेदना सुनेरै हांस्यो
प्रताडित जनका निकम्मा सरकार, उसैको फाइदा लुट्न नआउ ।।
सागर बोकेर थोपा चटाई, प्यासीको तस्बिर खिच्न नआउ;
प्रताडित जनका निक्म्मा सरकार, उसैको फाईदा लुट्न नआउ।
खिचेर तस्बिर क्यानभासमा राखी, उसैको तस्बिर बेच्न नआउ ।।
-सुदिप छ्त्कुली