अपाङगता वालवालिकाहरुको अधिकार सम्वन्धी अभिमुखीकरण

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७३

धादिङबेसी भाद्र १३ । अपाङगता वालवालिकाहरुको अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नारी जागरण केन्द्र धादिङ र यु एम एन धादिङको साझेदारीमा संचालित परियोजना अन्तर्गत, अपाङगता भएका वालवालिकाहरुको अधिकारका बारे आईतबार एक दिने अभिमुखीकरण तालिम सम्पन्न हो ।

कार्यक्रममा अपाङगताको जोखीमता, अपाङग वालवालिकाको अधिकार र समाजमा अपाङगताको न्युनिकरण गर्न, हाम्रो भुमिका के रहन्छ भन्ने विषयमा नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेदीले प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा महिला तथा वालवालिका कार्यलय धादिङकी निर्मला केसीले अपाङगता भएका व्यक्तिलाई समाजमा पुनस्थापना गराउन, परिवार, छिमेक र सरकारको उत्तरदायीत्व रहेको वताउनु भएको थियो । गर्भवती हुदा महिलाहरुले स्वास्थ्य जाँच नगराई अनियमित रुपमा औषधी सेवन गर्दा पनि वालालिकाहरु अपाङग हुने गरेको वताउनुभयो । अपाङगहरुलाई सम्मानजनक व्यवहार गर्न पनि आग्रह गरिएको थियोे ।