भोको पेट्मै काट्दै छ रे रुख

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

भोको पेट्मै काट्दै छ रे रुख –
तस्कर हो ऊ, समात्न जाल उन्नुपर्छ ।
भन्छ्न-
उदयपुर,कैलाली अनि बारा झर्न त,
डिएफओ ले पनि बाघचाल बुन्नुपर्छ ।।
ठुटासंगै खरानीको धर्सो देखाउंदै,
असुरोको फूल ले घर बन्दैन भन्छिन आमा ।
काट्न पाइन्न रे बारीकै रुख,
त्यो गुडिरहेको लोरीमा पक्कै मलाया साल हुनुपर्छ ।।
दाइ कम्प्युटर खोल्न सिक्दै थिए,
आंगन आंगनमा बैज्ञानिक बन ब्यबस्थापन हुंदैछ रे ।
बिरासतको बक्सिस –
स्याल पस्यो रे बनमा, पक्कै कुखुराको कंकाल हुनुपर्छ ।।
भोको पेट्मै काट्दै छ रे रुख,
तस्कर हो ऊ, समात्न जाल बुन्नुपर्छ ।
गुणदोष नै आधार हुने भए,
यी तस्कर, वनकर्मी र सरकार माथी नै जांचपडताल हुनुपर्छ ।।

– छत्कुली जिल्ला वन कार्यालय धादिङमा कार्यरत हुनु हुन्छ ।

भाद्र १२ गते प्रकाशित